दफा १४
अध्यक्ष तथा उपाध्यक्षको पारिश्रमिक र सुविधा
(१) अध्यक्ष तथा उपाध्यक्षले क्रमशः सर्वोच्च अदालतका न्यायाधीश तथा संवैधानिक निकायका प्रमुख पदाधिकारीले पाए सरहको पारिश्रमिक र अन्य सुविधा पाउने छन् ।
(२) अध्यक्षले भैपरी आउने विदा र पर्व विदा आफैले लिन सक्नेछ र अध्यक्षको अन्य विदा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीले स्वीकृत गर्नेछ ।
(३) उपाध्यक्षले भैपरी आउने विदा र पर्व विदा आफैले लिन सक्नेछ र उपाध्यक्षको अन्य विदा अध्यक्षले स्वीकृत गर्नेछ ।
(४) दफा १३ को उपदफा (२) को खण्ड (ख) बमोजिमको अवस्थामा एक पटकमा सात दिनभन्दा बढी अध्यक्षको रूपमा काम गर्ने उपाध्यक्षले त्यसरी अध्यक्षको रूपमा काम गरेको अवधिभरको लागि अध्यक्षले पाए सरहको पारिश्रमिक र अन्य सुविधा पाउनेछ ।